3 years ago
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।
अन्य खेलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहु, चीनका फान्मिङ मेङ र हङकङका युएन वोङ, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल, भारतका हर्ष फोगात र नाभ्या वर्मा, दक्षिण कोरियाका जियोम डो र वोनमिन किम तथा भारतका सेहजसिंह पवार र प्रत्येशको जोडीले जित हात पारे ।
गल्र्स डबल्समा नेपालका शर्भानी श्रेष्ठ र सुनिरा थापाको जोडीले भारतका सराह गोम्स र तनिशा रोयको जोडीलाई ७–५ र ६–१ को सेटमा हराए ।
सोही स्पर्धामा बेल्जियमकी केमिले फिसेट र हङकङका लिङ छुन वोङ, भारतका अनुष्का भोला र मेहक कपुर, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, भारतका अर्जन खोराकिवाला र समैरा पाहवा, भारतका काइरा सिद्धार्थ चेतनानी र दुर्गान्सी कुमार, भारतका सिम्रिन अहमद र सौम्य रोन्डे तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभको जोडी विजयी भए ।
ब्वाइज सिंगल्समा भारतका नाभ्या वर्मा, सेहजसिंह पवार र हर्ष फोगात तथा ताइपेईंका काइ इन याङले जित आत्मासात् गरे । गल्र्स सिंगल्समा मंगोलियाका मार्ता र मरालगु, भारतका सौम्य रोन्डे तथा भारतका सेरेना रोड्रिक्सले जित रचे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]