3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।
भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे ।
गल्र्स डबल्समा बेल्जियमकी क्यामिले फिसेट र हङकङकी लिङ छुन वोङ, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीले सेमिफाइनलमा स्थान बनाए ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका देबासिश साहु, हङकङका होङ क्यु लाउ, भारतका वंश नन्दल, भियतनामका फाम ला होङ, भारतका प्रत्यश, भियतनामका नक लाम काउ, ताइपेईंका काइ इन याङ र भारतका सेहजसिंह पवारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा भारतकी साइ जान्भी, भारतकी तमन्ना तकोरिया, रुसकी मिलिना शुब्खानकुलोभा, बेल्जियमकी क्यामिले फिसेट, हङकङकी जान लिङ छुन वोङ, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतकी सौम्य रोन्डे क्वाटरफाइनलमा पुगे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]