3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरात टेबल टेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा बुधबार स्वर्ण जितेको छ ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिको मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित ग¥यो ।
डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई ७–११, १२–१०, १३–११ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२–१०, ११–६, ८–११ र ११–७ को सेटमा हराए ।
अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११–६, ९–११, ११–४ र ११–९ ले पाखा लगाए । महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण जितेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]