3 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ ।प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सोही अवसरमा पारसले स्वयम्भूस्थित एक्सेल्सियरकै हातामा नवनिर्मित क्रिकेटको अभ्यासस्थल ‘क्रिक्सल’ को पनि उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र नेपालयले विजयी सुरुआत गरेका छन् ।
रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२–२८ ले पराजित ग¥यो । एमआईएसले पुष्पसदनलाई २१–२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५–२ ले पाखा लगायो । गल्र्समा संस्कृतिले द चाँदबाग स्कुललाई २५–६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७–६ र एमआईएसले न्यु इरालाई १७–६ ले पन्छाए ।
ब्वाइज फुटबलको यु–१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २–१ गोलले पराजित ग¥यो । स्वस्तिश्रीले दोहोरो जित आत्मासात् ग¥यो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १–० को तथा अर्को खेलमा काभ्यालाई ३–० गोलले पराजित ग¥यो ।
ब्वाइज फुटबलकै यु–१६ मा एनआईसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआईसीले काभ्यामाथि ६–० को सहज जित रच्यो । होली भिजनले हार्टल्यान्डलाई ५–४ गोलले पराजित ग¥यो ।
फाइभ ए साइड फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]