3 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा र बाबुलाल सुब्बा छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा र केन्द्रीय सदस्य तथा प्रवक्ता साम्राज्यविक्रम पाण्डेले बिदाइ गरे ।
राणाले खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रको गरिमा उँचो बनाउन आग्रह गरे । ‘देशको नाम संसारमा चिनाउने काम खेलाडीले गर्दै आएका छन् ।
यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको नाम उँचो बनाउन सबै खेलाडीलाई आग्रह गर्दछु’, अध्यक्ष राणाले भने । बिदाइ कार्यक्रममा संघका प्रवक्ता पाण्डेले पनि सफलताको शुभकामना दिएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]