default_image

3 years ago

February 3, 2023

‘ए’ डिभिजन लिग- तीन मैदानमा १ सय ८२ खेल हुने

296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना सुरु हुने घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाका महासचिव किरण राईले लिगको एक महिने काउन्ट डाउन सुरु भएको जानकारी दिने क्रममा तयारीका बारेमा बताएका हुन् । ‘लिगको काउनडाउन सुरु भएको छ । तयारी तीब्र गतिमा भईरहेको छ ’ महासचिव राईले भने, ‘प्रमोसन र प्राविधिक काम बाँकी छ । अरु काम अन्तिम चरणमा पुगिसकेको छ ।’

डबल राउण्ड रोबिनको आधारमा हुने यसपालीको लिग फागुन १९ गतेबाट सुरु भएर २०८० जेठ २५ गते सम्पन्न गर्ने एन्फाको लक्ष्य रहेको । लिगका १ सय ८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा हुने बताइएको छ । महासचिव राईले लिग नजिकिदै गर्दा मुख्य प्रायोजकको विषयमा कुराकानी भइरहेको र यसपाली पनि कतार एअरवेजले मुख्य प्रायोजक गर्न सक्ने सम्भावना बताएका छन् ।

‘एन्फाको आफ्नै रंगशाला नहुदा दुःख पाइरहने रहेछ । अहिले पनि रंगशालामा स्वीकृति लिएर वा नलिएर विभिन्न कार्यक्रमहरु भइरहेको सुनेका छौं । हामीले लाखौं खर्चिएर मर्मत ग¥यौं । यसरी बिगारिदिदा घाटा हामीलाई नै हो ’ महासचिव राईले भने, ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि आम्दानी हुन्छ भनेर जस्तो सुकै कार्यक्रम गर्न दिन हुँदैन । च्यासल हस्तान्तरण भईसकेको छैन । राखेप र निर्माण कम्पनीको रोहवरमा लिग गर्ने तयारी गरेका छौं । मैदानको अवस्थालाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नेछौं ।’

यसपटक लिगमा तीन इन्टिग्रिटी अफिसर रहने एन्फाले जनाएको छ । राईले भने, ‘लामो समय अनुसन्धानमा दख्खल राखेकाहरु इन्टिग्रिटी अफिसर छन् । विभिन्न खेलमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको सुनिएको छ । फुटबलमा त्यो नहोस् भन्ने नै हो ।

‘ एन्फाले पछिल्लो समय बढेको खेलाडी पलायनले फुटबलमा ठूलो चोट पुगेको बताएको छ । ‘खेलाडीलाई नेपालमै खेलेर बाँच्ने आधार बनाउन खोजिरहेका छौं । ५ देखि ६ महिना लिग र ३ महिना एनएसएल गराउन मिहेनत गरिरहेका छौं ’ महासचिव राईले थपे, ‘खेलाडी आँफै सन्तुष्ट हुन नसकेको पनि होला । फुटबलको राजनीति चलिरहन्छ तर त्यही राजनीतिको नाममा फुटबल विकास रोकिनेछैन । हाम्रो मुख्य लक्ष्य देशमा भएका खेलाडीलाई रोक्ने र उत्पादनमा जोड दिने हो ।’

उनले स्टार खेलाडी लिगमा नहुँदा केही प्रभाव पार्ने भएपनि बाहिर गएका खेलाडीहरु पनि लिगकै लागि आइरहेको समेत बताए । ‘अहिले धेरै खेलाडी विदेसिएका छन्। तर म के भन्छु भने लिगका लागि भएपनि तपाईहरु आएर अनि खेलिदिनुहोला ।’
एन्फाका लिग निर्देशक सन्जिब मिश्रले क्लबसँगको छलफलबाट नै सुरुवाती पाँच राउन्डको मात्रै खेल तालिका सार्वजनिक गरिएको बताए ।

‘फिफा डेट, थ्री वा फोर नेसन्स कपसँगै मोफसलको गोल्डकपका कारण अहिले पाँच चरणको खेल तालिका सार्वजनिक गरेका हौं । पाँच राउन्डको खेलसँगै बाँकी सबै राउन्डको खेल तालिका सार्वजनिक गर्नेछौं ’ लिग निर्देशक मिश्रले भने, ‘लिगका लागि १४ वटै क्लबले नाम दर्ता गरिसकेका छन् ।’ लिगका लागि एन्फाले माघ २९ गतेसम्म खेलाडी दर्ताको समय राखेको छ । सहभागी १४ क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख रुपैयाँ लिइसकेको बताइएको छ ।

एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डबाट एक टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगको सर्वाेत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको विजेताले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम २५–२५ हजार बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेन्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिने एन्फाले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगको लागि करिब १२ करोड रुपैयाँ खर्च हुने एन्फाको अुनमान छ ।

लिगको सर्वाेत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको विजेताले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम २५–२५ हजार बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेन्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिने एन्फाले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रुपैयाँ रहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.