default_image

3 years ago

February 3, 2023

फाइभ के रन फागुन तेस्रो साता

457 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राउन्ड टेवल नेपालको आयोजना तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनको व्यवस्थापनमा फागुन तेस्रो साता फाइभ के रन हुने भएको छ ।

आयोजक राउन्ड टेवल नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वल्ड अब्सिटी डे (विश्व मोटोपन) दिवसको अवसरमा रन फर अब्सिटी फाइभ के रन फागुन २० गते शनिबार बिहान हुने जानकारी गराएको छ ।

फाइभ के रन बसन्तपुर दरवार स्क्वायरमा हुनेछ । करिव १ हजार जनाको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । फइभ के रनमा सहभागिता जनाउन इच्छुकले खल्ती एपबाट सहभागिता जनाउन सक्नेछ ।

स्वस्थ जीवनयापनको महत्व र मोटोपनाविरुद्ध जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राउन्ड टेवल नेपालका उपाध्यक्ष नितेश अग्रवालले जानकारी गराए ।

फाइभ के रनलाई दि प्लम्वर्स पाइपले मुख्य प्रायोजन तथा किङ कोइल म्याट्रेसले गोल्ड प्रायोजन गरेको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनले विगत १८ वर्षदेखि नेपालभर म्याराथन आयोजना गर्दै आइरहेको छ ।

राउन्ड टेवल नेपाल १८ देखि ४० वर्ष उमेर समूहको गैर राजनीतिक संस्था हो । यस संस्थाको लक्ष्य नेपालमा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नुसँगै पिछडिएका समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।

कार्यक्रममा राउन्ड टेवल नेपालका उपाध्यक्ष नितेश अग्रवाल, काठमाडौं इलाइट राउन्ड टेवलका अध्यक्ष आशिष गोयल, काठमाडौं इलाइट राउन्ड टेवलका धिरज गोल्छा, एनआरएस स्पोर्ट्स फाउन्डेसनका बागमती राई, राष्ट्रिय च्याम्पियन सन्तोषी श्रेष्ठ, सोनी गुरुङ र ओलम्पियन तथा नेपाल एथलेटिक्स संघका पुर्व अध्यक्ष रघु वन्तको सहभागिता रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.