default_image

3 years ago

February 3, 2023

भ्याली स्कुलको दुबै टोली फाइनलमा

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक स्कुलको महिला तथा पुरुष बास्केटबल टोली नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिक विजयी हुँदै फाइलनमा स्थान बनाएका हुन् । बास्केटबलकै तेस्रो स्थानको भिडन्तमा महिलातर्फ संस्कृती र बौद्ध स्कुलबीच प्रतिस्पर्धा हुँदा पुरुषतर्फ सेन्ट जेभियर स्कुल र कान्जीरोवा राष्ट्रिय स्कुलबीच भिडन्त हुनेछ ।

प्रतियोगिताअन्तर्गत फुटबलको फाइनल खेल शनिबार नै हुनेछ । उपाधिका लागि राजर्शी गुरुकुल र एभरेस्टबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको खेलमा बृहस्पती विद्यासदन र विद्यासंस्कार इन्टरनेस्नल स्कुल आमनेसामने हुनेछन् ।

प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्यासंस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता थियो ।

बास्केटबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेरियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्या संस्कार स्कुल गरी ११ टोलीको सहभागीता रहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.