default_image

3 years ago

February 4, 2023

वृहस्पतिमा क्यान्सरविरुद्ध वाकाथन

435 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथनको आयोजना गरेको छ ।

विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए ।

५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी, अभिभावकगरी करिव ३ सय ५० जना र क्यान्सर विशेषज्ञ डाक्टर खगेन्द्र देवकोटा र क्यान्सर जितेकी रत्नदेवी पाण्डेको पनि उपस्थिति रहेको मिडिया संयोजक डोल्मा लामा शाहले जानकारी गराइन् ।

वाकाथन वृहस्पतिको प्राङ्गणबाट शुरु भई मालीगाँउ, हाडीगाँउ डबली, कृष्ण मन्दिर, वडा नम्वर ५ हुँदै विशालनगर, टुडालदेवी भाटभटेनी, गहना पोखरी, टंगाल स्कुल हुँदै विद्यालय हातामा आएर टुंगिएको इसिए इन्चार्ज मुकेश केसीले जानकारी गराए ।

विभिएसले वाकाथनलाई महानगरीय प्रहरी वृत मालीगाँउ नक्साल र चिरायु अस्पतालले सहयोग गरेको थियो । विभिएसले विश्व क्यान्सर दिवसको अवसरमा हरेक वर्ष वाकाथन गर्दै आइरहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.