3 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।

सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे ।
गल्र्सको उपाधि भिडन्तमा मार्ताले आफ्नै बहिनी मराल्गुलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन् । गल्र्स डबल्समा भने दिदीबहिनी मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेको थियो ।
ब्वाइज डबल्समा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी पहिलो भएको थियो । विजेतालाई आयोजक नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

छ दिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज-गल्र्स गरी ६४ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
त्यसका लागि छनोट प्रतियोगिता शनिबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । ब्वाइज-गल्र्समा समान ३२–३२ खेलाडी छनोट हुने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]