3 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबकाद्धय नविता श्रेष्ठ र विनेश खनियाँले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । विनेश पुरुषतर्फ र नविता महिला एकलमा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा विनेशले भारतको ग्लोबल टेबल टेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२ र ११–३ को सेटमा पराजित गरे । भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेश्रो भए ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौपल्टकी राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३ र ११–५ को सोझो सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेश्रो भइन् ।
विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्ण जितेका थिए । त्यस्तै भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बनेका थिए ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लबकी इन्दिार पौडेल पराजुलीले स्वर्ण जितेकी थिइन् । पुरुष÷महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए ।भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, सम्झनाकी प्रमुख कार्यकारी अधिकृत रजना जोशी, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा ४ पटकका राष्ट्रिय च्याम्पियन पूर्व टेबलटेनिस खेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन् । पाँचदिने प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी थिए ।
सहभागी मध्ये सबैभन्दा कम उमेरमा स्ट्याग च्याम्पियन्स एकेडेमीकी ७ वर्षीया प्राज्ना महर्जन रहिन् । बढी उमेरमा ८१ वर्षीया शान्तिदेवी मानन्धर थिइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]