3 years ago
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पेट्रियोट्स कप इन्टर कलेजिएट क्रिकेट प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार सुरु भई ५ दिन सम्म चल्ने प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको हो ।

१०० स्पोर्टसका संस्थापक रविन्द्र भाटीले प्रतियोगितामा अम्पायरले प्रयोग गर्ने जर्सी आयोजकलाई हस्तान्तरण गरेका थिए । केहि दिन अघि १०० स्पोर्टसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई ४ वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसेडरका रुपमा सम्झौता गरेको थियो ।
१०० स्पोर्टसले भविष्यमा पनि अन्य खेल र खेलाडीसँगको सहकार्यलाई जारी राख्ने लक्ष्य लिएको कम्पनीका निर्देशक विकास खेतानले बताएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]