10 years ago
August 12, 2015
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ ।
सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए ।
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रमबहादुर राणा, किक बक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बुढाथोकी छन् । सुनील र प्रमिलाले समान ५०–५० हजार पाए । अन्य ७ खेलाडीले जनही १ लाख रुपैयाा प्राप्त गरे ।
सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन् ।
सम्मानितहरुलाई उप्रधान तथा गृह मन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रबीच प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे ।
सम्मान कार्यक्रमअघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठानसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]