default_image

10 years ago

September 27, 2015

ह्यान्डबल अध्यक्षमा गुरुङ निर्विरोध

385 views

0 Bookmark

काठमाडौं, असोज १० गते ।

नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्‍यो ।

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ

वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए ।
उपाध्यक्षमा ३५ मतसाथ जय शर्मा, ३३ मतसाथ जीवन बस्नेत र ३० मतसाथ भीम केसी निर्वाचित भए । पराजित उपाध्यक्षका उम्मेदवार राकेश राईले २५ र राजुविक्रम थापाले १५ मत प्राप्त गरेका थिए ।

दुई सचिवका लागि तीनको उम्मेदवारी परेकोमा ३५ मत ल्याएका केशव पाठक र ३१ मत हासिल गरेका रत्नज्योति मानन्धर विजयी भए । झीनो अन्तरले पराजित सचिवका अर्का उम्मेदवार दामोदर भट्टराई (बद्री) ले ३० मत प्राप्त गरे ।
सदस्यमा रविन धोभडेल, प्रकाश सुनुवार, नरेन्द्रराज जोशी, पीताम्बर आचार्य, विनोद खुलाल, अभयकुमार बस्नेत, विराटमान वज्राचार्य र ज्ञानेन्द्र गजुरेल निर्वारोध निर्वाचित भए । २ जनाले उम्मेवारी फिर्ता लिएपछि सदस्य पद निर्वारोध भएको नवनिर्वाचित महासचिव रेग्मीले जानकारी गराए ।

पोखरामा भएको साधारणसभामा केन्द्रबाट २०, विभिन्न ३० जिल्लाबाट १ का दरले ३० तथा प्राविधिक समितिबाट २ गरी जम्मा ५२ प्रतिनिधिको उपस्थिति रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् । यसअघि साधारणसभाको राखेप सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.