9 years ago
February 25, 2017
बिकास चाम्लिङ राई
धरान (हाम्रो खेलकुद) – नेपालकै ठुलो शिक्षाको लागि पाँचौ नेवा च्यारेटि ८के दौड प्रतियोगिताको खुल्ला प्रतिश्पर्धा तर्फको उपाधि पुरुष तर्फ वाग्लु¨का तिर्थ पुन र महिला तर्फ सानुमाया कार्कीले चुमेका छन । त्यस्तैगरि दृतिय हेमलाल श्रेष्ठ र तृतिय टिकाराज कटुवाल भएका छन । महिला तर्फ गत वर्षको विजेता सन्तोषि श्रेष्ठ दृतिय र सिता न्यौपाने तृतिय भएका छन । दुवै तर्फका विजेता तथा उप विजेताहरुले जनहि ४० हजार, ३० हजार , २० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन ।

त्यस्तै गरि ४० वर्ष देखि माथिको भ्रेटान प्रतिश्पर्धामा पुरुष तर्फ निर्मल राई प्रथम, मोहन सुव्वा दृतिय र राम तामाङ्ग तृतिय भएका छन । महिला तर्फ रिता राई प्रथम, गंगा गरुु¨ दृतिय र सुवता राई तृतीय भएका छन । १३ वर्ष देखि १६ वर्ष सम्मको विद्यामा पुरुष तर्फ नाम्जे भोटे प्रथम, लखन लिम्वु दृतिय र प्रतिक राई तृतिय भएका छन । महिला तर्फ अमृता भण्डारी प्रथम, सृजना राई दृतिय र अस्मिता वस्नेत तृतिय भएका छन । भने १२ वर्ष मुनिको विद्यामा पुरुष तर्फ माल्दिन लिम्वु प्रथम, सन्देस राई दृतिय र सन्जिव मादेन तृतिय भएका छन । महिला तर्फ प्रमिला विक प्रथम, अनुसा प्रधान दृतिय र स्वेच्छा मगर तृतिय भएका छन । प्रथम, दृतिय र तृतिय हुनेलाई क्रमश जनहि ५ हजार, ३ हजार र २ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
हरेक वर्ष ‘स्वच्छ धरान स्वस्थ धरान’को नारा सहित नेवा च्यारेटिको मातहतमा रहेको धरान रनको आयोजनामा सम्पन्न ८के रनमा यस पटक देशभरवाट करिव दुई हजार १ सय जनाले सहभागिता जनाएको थिए। प्रतियोगिता वाट उठेको रकम शिक्षामा खर्च गरिने नेवा च्यारेटि तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी गराए । यस अगाडि संस्थाले तेस्रो नेवा च्यारेटि ८के रन वाट उठेको रकम एच आइ भी संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको थियो । उक्त अक्षयकोषमा हाल करिव तिन लाख रुपैया जम्मा भइसकेको धरान रनका अध्यक्ष रोमु राईले वताए ।
प्रतियोगिताको दिन पुर्व अन्तराष्ट्रिय धावक पुर्व सिंङ्गापुर पुलिस फोर्स कर्पोल महेन्द्रवहादुर राई, धरान रनमा १ सय ६ हप्ता रन पुरा गर्ने १२ वर्षिय विपासा राई र १ सय ४७ हप्ता रन पुरा गर्ने १४ वर्षिय लाजिहाङ्ग लिम्वुलाई सम्मान गरिएको थियो । उनिहरुलाई धरान रनका सस्थापक सन्तोष राई र धरान रनका अध्यक्ष रोमु राईले खादा र ताम्रपत्र सहित सम्मान गरेको थियो ।
प्रतियोगिताका विजेता तथा उप विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपलिका प्रशासकिय अधिकृत गणेश खतिवडा, नेवा च्यारेटि तथा धरान रनका संस्थापक सन्तोष राई, धरान रनका अध्यक्ष रोमु राई, डिपोटियन स्पोर्टस क्लवका अध्यक्ष तथा युवा समाजसेवि प्रविण राई, सेपाकटेक्रो संघ सुनसरीका अध्यक्ष विरेन्द्रविक्रम लिम्व,ु समाजसेवि सुवास राइ लगायतले पुरस्कार वितरण गरेका थिए ।
दौड प्रतियोगिता धरान लोकतान्त्रिक चौतारी देखि पुतली लाइन, दुर्गा चौक हुदै कल्याण चौक, पानी टं्याकी , गणेशमान चौक, जनपथ, रंगशाला, जिरो पोइन्ट, अमरहाट, रेडक्रश भवन, हात्तीसार क्याम्पस, विजयपुर चौक , पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो वजार हुदै देशिलाइनमा आएर समापन भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]