9 years ago
February 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित हुने भएका छन् ।

संसारकै सबैभन्दा अग्लो ठाँउमा हुने एभरेष्ट म्याराथन जित्ने क्रममा रोकायाले सन् २००० मा राखेको ३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमन गिनिज बुकमा उल्लेख छ । ५ हजार ३ सय ८० मिटरमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरु भइ नाम्चे पुगेर टुंगिने एभरेष्ट म्याराथन तीन पटक जित्ने रोकाया एकमात्र खेलाडी हन् । तीनै रोकायालाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार राजधानीमा आयोजना हुने एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान कार्यक्रममा सम्मान गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत संघका सदस्य दीपक थापाले जानकारी दिए ।
स्व. गजराज जोशी फाउन्डेशनले स्थापना गरेको गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मान २५ हजार रुपैयाँसहित ट्रफी र ब्यानेटबाट रोकायालाई सम्मान गरिने बताइएको छ । बर्ष खेलाडी सम्मान कार्यक्रममा १२ औं सागमा समावेश गरिएका खेलहरुलाई आधार मान्दै र सम्बन्धित संघको उत्कृष्ट खेलाडीको रुपमा सिफारिस गरिएका खेलाडी सम्मान गरिने संघका अध्यक्ष दीपक विष्टले बताए । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम आयोजना गर्दै आईरहको संघका महासचिव दीपक श्रेष्ठले बताए ।
मनोरञ्जनात्मक कार्यक्रम सहित आयोजना गरिने कार्यक्रमा २२ खेलाडी उत्कृष्ट खेलाडी सम्मानित हुनेछन्। यसरी सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीर बहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेम प्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशल देवी तामाङ्ग, जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहा राज्यलक्ष्मी राणा, साईक्लिङ्गका अजय पण्डित छन् ।
त्यस्तै ट्राईथलनकी रोजा के.सी., कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला रहेका छन् । यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल पनि सम्मानित हुने भएका छन् । सम्मानित हुने खेलाडीले खेलाडी संघबाट ५ र राष्ट्रिय संघबाट ५ हजार गरि १० हजार रुपैयाँ पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]