9 years ago
March 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम सेवक नेपालको सद्भावना दूतमा नियुक्त गरेको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयम सेवक युवाहरुलाई सक्रिय बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वयम सेवक नेपाल गठन गरेको थियो ।

प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्वासमा सहयोगका लागि एक लाख स्वयमसेवक युवाहरुको सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ पारसलाई सद्भावन दूत नियुक्त गरिएको प्राधिकरणले जनाएको छ । बुधबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्द पोखरेलले पारसलाई सद्भावना दूतको पत्र हस्तान्तरण गरेका थिए ।
कप्तानले पुनर्निर्माण अभियानको हिस्सा बन्न पाएकोमा गौरव महसुस भएको जनाउँदै भने,‘सन् २०२० सम्ममा एकलाख युवालाई यो अभियानमा समट्ने र २० हजार युवा कुनै पनि आपत विपत्तका लागि तयारी अवस्थामा राखिने सोच उत्साहजनक छ । यसमालाई पनि समावेश गराएकोमा धन्यवाद दिन चाहन्छु । म आफ्नो ठाँउबाट सम्भव भएसम्म सहयोग गर्नेछु । हामीले जुन पार्टीको आएपनि सरकारलाई नै सहयोग गर्ने हो ।’
पेटमा समस्यापछि पारस अहिले आराम गरिरहेका छन् । उनको नेतृत्वमा नेपालले फागुन २८ र ३० गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध कीर्तिपुरमा दुई खेल खेल्नेछ । पारस आराम गरिरहेका छन् भने क्रिकेट टोली अन्तिम अभ्यासका लागि अहिले भारत भ्रमणमा छ ।
गत बर्ष वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणलाई चुस्त बनाउन युवाको उत्साहलाई सदुपयोग गर्ने उद्देश्यका साथ पारसलाई सद्भावना दूत बनाइएको प्राधिकरणका सिइओ पोखरेलले बताए । पोखरेलले युवाहरुलाई यो अभियानमा जुट्न आग्रह गरे । राष्ट्रिय स्वयमसेवक नेपालले नेपाली युवाहरुलाई स्वयमसेवाप्रति आकर्षित गर्दै देशमा आइपर्ने विभिन्न प्रकोपका बेला पीडितहरुलाई सहयोग गर्न खटिदै आएको छ ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]