default_image

9 years ago

March 6, 2017

स्कुल तहबाटै खेलाडी उत्पादन गर्नुपर्नेमा जोड

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले विद्यालय तहबाटै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सोमबार विद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । हरेक खेलको सुरुआत विद्यालयबाटै हुनुपर्ने मान्यतासहित संघले सोमबार ललितपुरमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

b1

संघका अध्यक्ष राम अवालेले विद्यालय खेलकुद हरेक खेलको मेरुदण्ड भएको हुनाले बक्सिङलाई पनि विद्यालय तहबाटै विकास गर्ने लक्ष्यका साथ अन्तरक्रिया आयोजना गरिएको बताए । उनले यो अभियानमा सबै विद्यालयबाट सहयोग पाउने अपेक्षा राखे । boxing-school-interaction

संघका आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठले खेलकुदको भविष्य विद्यालयसँग जोडिएको हुँदा हरेक खेलमा विद्यालय खेलकुद अनिवार्य हुनुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष समेत रहेका ओलम्पियन रविराज थापाले विद्यालयका शिक्षक तथा अभिभावकलाई विश्वास दिलाएमा अभियान सफल हुने बताए । सहभागी विद्यालयका तर्फबाट बोल्दै लिटिल एन्जल स्कुलका प्रिन्सिपल शर्माले संघले सुरु गर्न लागेको अभियान स्वागत योग्य भएको बताउँदै साना उमेरमा सिकेका कुराले हरेक व्यक्तिको भविष्य निधाएरण गर्ने बताए ।

सहभागी विद्यालयका तर्फबाट बोल्दै लिटिल एन्जल स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले संघले सुरु गर्न लागेको अभियान स्वागत योग्य भएको उल्लेख गर्दै साना उमेरमा सिकेका विषयले हरेक व्यक्तिको भविष्य निधाएरण गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा संघका पूर्व अध्यक्ष उमेश मास्के, संघका बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर कार्की, उपाध्यक्ष भोजराज सिटौला, पूर्व महासचिव दीपक गुरुङले पनि धारणा राखेका थिए ।

अन्तरक्रियामा युनाइटेड, हरिसिद्धि, एडभान्स एकेडेमी, ज्ञानोदय बालबाटिका, सैनिक आवासीय महाविद्यालय, प्रिमियर इन्टरनेशनल, एभरेष्ट, नेशनल युनाइटेड, पुष्प सदन, लिटिल एन्जल, आइडियल मोडल, भीएस निकेतन, नेपाल प्रहरी, नाइटिङ्गेल, आदर्श कन्या निकेतन, श्रीकुल गरी १७ विद्यालयले बक्सिङ खेल सुरु गर्ने प्रतिवद्धता जनाएका संघले जनाएको छ । अन्तरक्रिया उपत्यकाका ४० विद्यालयको सहभागिता रहेको बताइएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.