default_image

9 years ago

May 11, 2017

एसियाली युथ तथा जुनियर भारोत्तोलन हुने

209 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघको आयोजनामा १९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष रतणकुमार तण्डनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ७५ लाख ९६ हजार ८ सय ९० रुपैयाँ खर्च हुने बताइएको छ।

पत्रकार सम्मेलनका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको लोगो अनावरण गरेका थिए । सो अवसरमा सदस्य–सचिव विष्टले एसियाली स्तरको प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि ऐतिहासिक अवसर भएको बताउदै सफल रुपमा प्रतियोगिता सम्पन्न गरी अन्तर्राष्ट्रिय जगतमा नेपाल पनि ठूलो प्रतियोगिता आयोजना गर्ने क्षमता राख्छ भन्ने सन्देश दिन जरुरी भएको धारणा व्यक्त गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.