9 years ago
May 23, 2017
सन्दर्भ: नेपाल र भारतबीच आगामी जुन महिनामा हुन गईरहेको मैत्रीपूर्ण खेल

न भारत पहिला जस्तो कमजोर छ न नेपाल नै। भारतीय फुटबल टोली अहिले एसियाको जल्दाबल्दा टिममा गनिन्छ। छोटो समयमा ठूलो उपलब्धि हात पारेको भारत अाफु भन्दा बलिया टोलीलाई सजिलैसँग पाखा लगाउन थालेको छ। यसको मुख्य श्रेय भारतीय लिगलाई नै जान्छ। कुनै बेला थियो भारत र नेपाल बिचको खेल अडकल गर्न सकिन्थ्यो तर अब त्यो रहेन।
फुटबलमा आफ्नो छुट्टै छाप छोडेको भारतले एसियन कप छनोटका लागि तयारी स्वरूप नेपाली टोलीलाई मैत्रीपूर्ण खेलको लागि निम्तो गरेको छ। विगतको नतिजा समान रूपले हेर्दा नेपाली फुटबलमा पनि कमै मात्रामा खराब नतिजा देखिन्छ। युवा टोलीले भरिएको नेपाली टिमको खेल पनि बदलिएको छ।
कुनैबेला गोल को खंडेरी भोगेको नेपाली फुटबल दिन का दिन कमजोर बन्दै थियो। तर अब समय फेरिएको छ। युवा टोलीको आगमनसंगै नेपाली फुटबलमा पनि कुन खेलाडीले कति बेला गोल हान्छ पत्तो हुन छाडेको छ। त्यसकारण पनि नेपाली फुटबलमा सुधार हुँदै गरेको पाईन्छ।
अाशा गरौँ भारत भ्रमण नेपाली खेलाडीहरुका लागि उपलब्धिमुलक हुनेछ।
जय नेपाल! जय नेपाली फुटबल!!
यदि तपाईंसँग पनि कुनै लेख वा आफ्नो सटिक प्रतिक्रिया छन् भने आफ्नो लेख हाम्रो फेसबुक पेज मार्फत संदेश पठाउन सक्नुहुनेछ वा हाम्रो इमेल [email protected] मा पनि पठाउन सक्नुहुनेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]