8 years ago
July 1, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनी क्लब बार्सिलोना र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडका लेजेण्डहरु बीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-१ले पराजित भएको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको खेलमा फुटबलका ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो।
बार्सिलोनाबाट रोनाल्डिन्हो, रिभाल्डो, लगायतका खेलाडीहरु खेलेका थिए भने युनाइटेडका लागि जि सुङ पार्क, ड्वाइट योर्क, लगायतका खेलाडीहरु उपस्थित रहेका थिए।
खेलको १४औं मिनेटमा ब्लंकभिष्टले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने पोबोर्सकीले दोश्रो हाफको ५७औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। ड्वाइट योर्कले ७७औं मिनेटमा स्कोर ३-० बनाएका थिए। बार्सिलोनाका लागि देहुले ९०औं मिनेटमा सान्त्वना गोल गरेका थिए।
यस खेलको दोश्रो लेग सेप्टेम्बर २ तारिखका दिन म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्रयाफर्डमा हुनेछ। खेलको आयोजना डिजर नामक संगीत प्रकाशक संस्थाले गरेको हो। यस खेलबाट उठेको सम्पूर्ण रकम दान गरिनेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]