8 years ago
July 1, 2017
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम ‘ए’प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ म्याराथन (रनिङ, साईक्लिङ र र्याफ्टिङ) को च्याम्पियन बनेको छ ।

शनिबार धादिङमा भएको प्रथम ट्राइ म्याराथनमा आयोजक आर्मीको ‘ए’ टिमले निर्धारित ४३.६ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ०१ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनेको हो । ट्राइ म्याराथन धादिङको बैरेनीदेखि चरौंदीसम्म भएको थियो । प्रतियोगिताको प्रथम चरणमा ६.७ कि.मि. दौड, दोस्रो चरणमा २६ कि.मि. साईक्लिङ र तेस्रो चरणमा ११ कि.मि. र्याफ्टिङ गरी जम्मा दूरी ४३.७ कि.मि. रहेको थियो ।
१२ टिम सहभागि रहेको यस प्रतियोगितामा नेपाली सेनाको त्रिभुबन आर्मी क्लबको दुई टिम, नेपाल एपिएफ क्लब, गैर सैनिक क्लबहरुको चार पुरुष टिम र एक महिला टिम गरी स्वदेशी आठ टिम र बंगलादेशको आर्म फोर्स टिम, बेलायतको ब्रिटिस गोर्खाज टिम र अमेरिकाको रिएपर मारिनेस र भाइपर्स टिम गरी चार विदेशी क्लबको सहभागिता रहेको थियो । हरेक टिममा चार जनाका दरले ४८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजयी टिमले १ लाख ५० हजार प्राप्त गर्यो । दोस्रो हुने टिम काठमाडौं बाईक स्टेशनले १ लाख रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो स्थान हात पार्ने सेनाको ‘बी’ टिमले ७५ हजार प्राप्त गर्यो । प्रतियोगिताको विजयी टिमलाई कायम मुकायम प्रधान सेनापति बलदेव राज महतले पुरस्कृत गरे।
विश्व खेल जगतमा दिन प्रतिदिन साहसिक तथा रोमाञ्चक खेलप्रति आर्कषण बढ्दै गएको अवस्थामा सेनाले पहिलोपटक नेपालको विविधताले भरिपूर्ण भू–धरातल सुहाउदो ट्राइ म्याराथन (रनिङ, साईक्लिङ र र्याफ्टिङ) आयोजना गरेको हो । यस्तो खालको साहसिक खेलको आयोजनाले नेपाली खेलकुदको विकासमा टेवा पुग्ने तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]