default_image

8 years ago

July 1, 2017

ह्वीलचेयर बास्केटबलको उपाधि आर्मीलाई

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इंगेज ह्वीलचेयर बास्केटबल लिगको च्याम्पियन बनेको छ । छ हप्तासम्म चलेको ह्वील चेयर बास्केटबल लिगमा शनिबार जावलाखेलमाथि ४०–० को जित निकाल्दैच्याम्पियन बन्यो ।
लिगमा अपराजित रहेको आर्मीले १० खेलबाट ३० अंक जोड्यो । यस्तै महिलातर्फ ह्वीलचेयर स्पोर्टस् एसोसिएसन च्याम्पियन बन्यो । ह्वीलचेयर स्पोर्टस् एसोसिएसनले शनिबार नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्टस एसोसिएसनमाथि २०–१३ को जित निकाल्यो । पुरुषतर्फ जावलाखेलका दान बहादुर थिङ र महिलातर्फ ह्वीलचेयर स्पोर्टस् एसोसिएसनका यामी मगर मोष्ट भ्यालुएबल प्लेयर घोषित भए ।
यस्तै पुरुषतर्फ आर्मीका राजु कटुवालर महिलातर्फ ज्यनेति अर्याल सर्बाधिक स्कोरर भए । पुरुषतर्फको विजेताले २० हजार, दोस्रोले १६ हजार र तेस्रो हुने टोलीले १२ हजार रुपैयाँ प्राप्त गरे । यस्तै महिलातर्फको विजेताले १६ हजार, दोस्रोले १२ हजार र तेस्रो हुने टिमले ८ हजार प्राप्त गरे । यस्तै मोष्ट भ्यालुएवल खेलाडील ५ हजार तथा सर्वाधिक स्कोररले समान ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
जेठ १३ गतेबाट शुरु भएको लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको थियो । लिग हरेक शनिबार उपत्यकाका विभिन्न कलेजका कोर्टमा हुने छ ।

 

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.