8 years ago
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको परिसरमा भएको उद्घाटन खेलमा एन्जल्स हर्टको ब्वाइज टिमले ह्वाइट हाउस कलेजलाई ५३–३५ ले पराजित गर्यो । एन्जल्स हर्टको जितमा निकेश मगरले सर्वाधिक २२ अंक योगदान गरे ।
सुरुको क्वाटरमा १३–७ को अग्रता बनाएको एन्जल्स हर्ट दोश्रोमा १०–१२ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटरमा क्रमशः १२–८ र १८–६ ले आफ्नो पक्षमा पार्दै एन्जल्स हर्टले जित अन्तर फराकिलो बनायो ।
एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको राउन्ड रोविन लिगमा एन्जल्स हर्टले एनसीसीएसलाई २४–१२ ले हरायो । विजेताकी मुना महर्जनले ११ अंक जोडिन् ।
अन्तिम तथा चौथो क्वाटर ६–६ को बराबरीमा टुंगियो भने बाँकीमा एन्जल्स हर्टले अग्रता लियो । एन्जल्सले पहिलोमा ५–०, दोश्रोमा ४–२ र तेश्रोमा ९–४ को प्रदर्शन ग¥यो ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष अमृत थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । एन्जल्स ड्रिम प्रा. लि. को व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको ब्वाइजमा १४ टिम र गल्र्समा ६ टिम सहभागी छन् । फाइनल साउन ६ गते हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]