8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धाको उपाधि स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचनले जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा रमेशले कास्की जिल्ला आर्चरी संघका अशिम शेरचनलाई ६–० ले पराजित गरे ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए । सोही स्पर्धाको महिलामा नेपाल आर्मी क्लबकी ज्ञानु अवाले पहिलो भइन् । फाइनलमा ज्ञानुले कास्कीकी रश्मी दर्लामीलाई ६–० ले हराइन् । कास्कीकै राज्यलक्ष्मी जोशी तेश्रोमा सीमित भइन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका देउबहादुर रोका मगर पहिलो भए । उनले फाइनलमा आर्मीका डम्बर थापाको चुनौती ६–० ले समाप्त पारे । द बेस्ट आर्चरी क्लबका ग्रिष्म गुरुङले कांस्य हात पारे । त्यस स्पर्धाको महिलामा आर्मीकी केशरी आले मगरले स्वर्ण चुमिन् । उपाधि भिडन्तमा केशरीले अन्नपूर्णकी रोजिना थापा मगरलाई ६–२ ले पाखा लगाइन् । अन्नपूर्णकी सेलिना गुरुङ तेश्रो भइन् ।
पुरुष व्यक्तिगत कम्पाउन्डमा कञ्चनपुर जिल्ला आर्चरी संघ होमबहादुर थापा मगर शीर्ष स्थानमा रहे । उनले राजधानीका सनातन मल्लमाथि १३२–१३१ को कठिन जित निकाले । बेस्टका प्रजित अग्रवाल तेश्रो बने ।
पुरुष रिकर्भ टिममा स्वयम्भू पहिलो, कास्की दोश्रो र अन्नपूर्ण तेश्रो भए । पुरुष स्ट्यान्डर्ड टिममा बेस्टले स्वर्ण, अन्नपूर्णले रजत र स्वयम्भूले कांस्य जिते ।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, राजधानी न्युज पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचन, स्व. श्रेष्ठकी धर्मपत्नी सुष्मा, आर्चरी संघका अध्यक्ष दीपक गुरुङ, महासचिव रमेश सिवाकोटीलगायतका पदाधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा आर्चरी खेलको विकास र विस्तारमा योगदान पु¥याएकोमा राजधानी, वेस्ट आर्चरी र स्वयम्भू रिक्रिएसनलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । १८ मिटर दूरीमा प्रतिस्पर्धा भएको दुईदिने प्रतियोगितामा ४७ पुरुषले ५ तथा १६ महिलाले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । स्व. श्रेष्ठ आर्चरी संघका अध्यक्ष थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]