8 years ago
July 31, 2017
म्याड्रिड (एजेन्सी)– मोनाकोबाट केलियन बाप्पेलाई भित्राउने रियल म्याड्रिडको योजनामा सुपर स्टार क्रिस्टियानो रोनाल्डो खासै खुसी नभएको बताइएको छ । आफ्नो विकल्प खोज्ने पहिलो पाइलाको रुपमा बाप्पेको आगमन हुन सक्नेमा रोनाल्डोको शंका रहेको अनुमान गरिएको छ ।
स्पेनको डेरियो गोलका अनुसार रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजलाई पनि बाप्पे आउने विषय आफुलाई चित्त नबुझेको बताएका छन् । यद्दपी क्लब बाप्पेका लागि १ सय ८० मिलियन युरो खर्च गर्न तयार रहेको बताइएको छ ।
डेरियो गोलले बालोन डि’ओर उपाधिका लागि बाप्पलेले जियालुजी बुफोनसँग प्रतिस्पर्धा गर्ने अनुमान गरेको थियो । रोनाल्डो भन्दा अघि रहेको अनुमान गरिएको गोलकिपर बुफोन उपाधिका लागि हकदार मानिएको थियो । बुफोनले क्लबका लागि सम्भव सबै गरिसकेकोले उनी मुख्य दाबेदार रहेको जनाएको थियो । यससँगै बाप्पेले पनि ब्यालोन डि’ओरमा दावेदारी दिएको खण्डमा रोनाल्डोलाई थप दबाब पर्ने बुझिएको छ।
सम्झौता अनुसार रोनाल्डो सन् २०२१ को जुन सम्म रियलमा रहनेछन् । त्यति बेला उनी ३६ बर्ष हुन चार महिना बाँकी रहनेछ । अहिले सम्म क्लबका लागि ३ सय ९४ खेलमा रोनाल्डोले ४ सय ६ गोल गरिसकेका छन् । अहिले पनि उनी शारीरिक रुपमा निकै शसक्त रहेकोले आउने धेरै बर्षमा उनको उच्च स्तरमा प्रदर्शनमा गिरावट आउन सक्ने आंकलन गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]