default_image

8 years ago

August 2, 2017

खेलकुद मन्त्री केसी सामू चुनौतिसँगै अवसर पनि

469 views

0 Bookmark

काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।

संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा परेका जनताको जीवन स्तर उकास्न महत्वपूर्ण मिसनका लागि सहयोगीहरु तय भए सगै स्वयम प्रधानमन्त्री र मन्त्रीहरुको परीक्षाको घडीको सुइ चलेको छ । अस्तव्यस्त व्युरोक्रेसी, राजनैतिक कुआरण, नैतिकरुपमा खस्केको पदिय मर्यादा र समृद्धि पथमा मात्र लाग्ने स्वार्थी प्रबृतिका बीचमा कुन मन्त्रालय कसरी चल्ला भनेर अनुमान लगाउन सजिलो छैन ।

कम समय सिमा भित्र नीतिगत निर्णय सहित संघिय संरचनामा आफ्नो मन्त्रालयको भुमिकालाई चुस्तदुरुस्त बनाई भविष्यको आधार समेत तय गर्नु पर्ने चुनौती सबैलाई रहेको छ । चुनौती र सम्भावनको बीचमा केहि गर्न सक्ने र गर्नु नै पर्ने मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय पनि पर्दछ । सिद्धान्तगत रुपमा सबैभन्दा शक्तिशाली मन्त्री र मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय हुनुपर्ने हो, तर हाम्रो देशमो व्यवहारमा भने त्यस्तो केही देखिदैन ।

दामोदर भट्टराई ( बद्री)

यहाँ सम्मकी सके सम्म खेलकुद मन्त्री बन्नै नपरोस् भन्ने नेताहरुको जमात ठूलै छ । कम बजेट, अधिक राजनीति, भ्रष्टाचारमा लिप्त खेलकुद, मेनपावरको रुपमा फष्टाएको खेल संघहरु र पार्टीगत भागबण्डामा चलेको कर्मचारीतन्त्रका बीचमा राष्ट्रियता, अनुशासन र पहिचान हराएको मन्त्रालय हो खेलकुद मन्त्रालय ।

उसो त युवा र राष्ट्रियताको जग बोकेको मन्त्रालय पनि यहि एउटा मात्र हो भन्दा फरक पर्दैन । विश्व मानचित्रमा नेपालको पहिचानलाई स्थापित गराउने नेपाली विभुतीहरु, सास्कृति र प्राकृतिक सम्पदा बाहेक खेलकुद मात्र त्यस्तो क्षेत्र हो जसले राष्ट्रलाई नेतृत्व गरिरहेको हुन्छ । पछिल्लो समय नेपाली खेलकुद जिर्ण अवस्थामा छ । करौडौ भ्रष्टाचारका विषयहरु देखी राजनैतिक तिलस्मी खजना बनेको छ खेलकुद । युवा को नाममा राजनैतिक भर्ति केन्द्र सावित भएको छ । हरेक घटना राजनैतिक पूर्वाग्रहमा घटाइने र न्यायका लागि अदालत र अख्तिायर धाउने नियति नेपाली खेलकुदमा हेर्नलायकको दृष्यहरु बनेको छ।

तामम समस्या र चुनौतीको घेरमा नेपाली काँग्रेसले १८ वर्ष पछि खेलकुदको नेतृत्व गर्न लागेको छ । नेतृत्वकर्ताका रुपमा मन्त्री केसी अगाडी आएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारी मतान्तरले पराजित गरेर चर्चा कमाएका केसी अबको परीक्षामा के हुनेछ यो चासोको विषय बनिरहेको छ । स्पष्ट वकलात गर्न सक्ने र कर्मशिल स्वभावका केसीले चुनौती पार गर्न सक्लान ? यो प्रश्न को जवाफ समयले दिने छ।

नेपाली खेलकुदको क्षेत्रमा काँग्रेसको नेतृत्वलाई सर्वाधिक सफल नेतृत्वको रुपमा स्विकार गरिएको छ । पछिल्लो १८ वर्ष को अवस्थालाई चिरेर काँग्रेस नै खेलक्ुदका लागि आवश्यक पार्टी हो भनेर प्रमाणित गर्ने अवसर केसीलाई रहेको छ । सन् १९९९ प्रधानमन्त्री कृष्ण प्रसाद भटराई, खेलकुद मन्त्री शरदसिंह भण्डारी , विनोदशंकर पालिखे सदस्य सचिव को कार्याकालमा नेपालले आयोजना गरेको आठौं दक्षिण एसियाली खेलकुद (साफ हालको साग) र त्यो साफमा प्राप्त गरेको सफलता नेपालको खेलकुद इतिहासको सर्वाधिक सफल प्रतियोगिता हो । नेपाल पहिलो पटक साफमा पदक तालिकाको दोस्रो स्थानमा त्यतिबेला पुग्न सफल भएको थियो ।

आठौं साफ पछि खस्कदै गएको नेपाली खेलकुद पछिल्लो वर्ष सम्म आइपुग्दा अझै तल्लो तहमा पुगेको छ । २ वर्ष पछिको १३ औं साग , खेलसंघहरुको अवस्था, भौतिक पूर्वाधार निर्माणको अवस्था र नीतिगत सुधार सहित संघिय संरचनाको खेलकुद उदारहणका रुपमा पेश गरेर सम्मानीय प्रधानमन्त्री किसुनजीको निरन्तरता , वी.पीको समाजवादमा देखिएको राष्ट्रियताको जग, काठमाडौंको रैथानेका रुपमा गणेशमान सिंह झै नेतृत्व र खेलकुदमा भएको छद्भभेषीतालाई गिरिजाप्रसाद कोइरालले झै ब्रेक गरेर नेपालमा खेलकुद र युवाको क्षेत्रमा उदाहरणीय कार्य गरेर देखाउन सक्नु वर्तमान खेलकुद मन्त्रीको चुनौती र अवसर हो ।

किनकी १८ वर्ष पछि त्यो पार्टीले खेलकुदको नेतृत्व गर्न लागेको छ । एउटा खेलाडी, प्रशिक्षक, खेलकर्मी र व्यवसायिक साझेदारीता गर्नेले कुन पार्टीको भनेर त्यतिबेला सम्म हेर्दैन जतिबेला सम्म उसले पार्टीगत राजनीति गर्दैन । केबल खेलकुदको पक्षमा काम गर्दछ । अहिले खेलकुदमा को काँहा बाट आयो भन्ने कुराले खास ठूलो अर्थ राख्दैन । के के काम मा कस्तो नजिता दिन सक्छन् । यो महत्वपूर्ण विषय बनेको छ । यो अवसर र चुनौतीलाई केसीले पार गरुन्।

लेखक भट्टराई जिल्ला खेलकुद विकास समिति काठमाडौंका उपाध्यक्ष हुन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.