default_image

10 years ago

November 30, 2015

राष्ट्रिय पुरुष रग्वी–१५ को उपाधि आर्मीलाई

244 views

0 Bookmark

काठमाडौ १४ मंसिर ।

नेपाल रग्वी सघंको आयोजनामा भएको पुरुष रग्वी १५ को उपाधि सोमबार त्रिभूवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा आर्मीले मध्यामाञ्चललाई १०–० स्कोरले पराजित गर्‍यो ।

rugby winner team army

जूनियरतर्फ भने अन्तरविद्यालय छात्र टच रग्वीको उपाधि भने सैनिक आवासिय महाविद्यालयले जितेको । छात्रको फाइनल खेलमा सैनिकले बेलोर एकेडमिलाई १५…–० स्कोरले पराजित गर्दै उपाधि हात पार्‍यो । त्यस्तै नक्सालको बृहस्पति स्कुलले भने तेस्रो स्थान हात पार्‍यो । छात्रातर्फ पनि बृहस्पती नै तेस्रो भयो ।

छात्रातर्फको काभ्रेको बलोर एकेडमिले उपाधि हात पारे । फाइनल खेलमा बेलोर एकेडमि काभ्रले नेपाल पुलिस स्कुलाई १५–० स्कोरले हराएको थियो । प्राविधक संयोजक गोविन्द घिमिरेले नेपालमा पहिलो पटक रग्वी–१५ को आयोजना गरीएकोले पनि थप लोकप्रिय  बन्न केही समय लाग्ने जनाए ।

प्रतियोगिताका विजेता टीमले ट्रफि,मेडल र प्रमाणपत्र हात पारे । विजेता खेलाडीलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्रि सत्य नारायण मण्डल,रग्वी सघंका अध्यक्ष टकं लाल घिसिङ्ग ,महासचिव चेतनराज गीरी र सैनिक अधिृकत जिवन थापा लगायतले पुरस्कृत गरे । कार्यक्रममा खेलकुद मन्त्रि मण्डलले नेपाल खेलकुद विकासका लागि केही नितीगत कामहरु गर्नु पर्ने आश्यकता औल्याए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.