10 years ago
August 25, 2015
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन ।
अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना हुादैछ ।
नेपालमा वैशाख १२ गते गएको महाभुकम्प र त्यस पछिका पराकम्पन वाट खेल र खेलाडीमा पारेको असर वारे अध्यक्ष गुरुङ्गले बैठकमा एक कार्यपत्र समेत प्रस्तुत गर्नु हुनेछ । उहााले नेपालको ह्यान्डवल विकासका लागि अन्र्तराष्ट्रिय सहयोगको आवश्यक्तालाई जोड दिने वताउनुभएको छ । विहिवार र शुक्रवार गरि दुई दिन सम्म चल्ने वैठकमा आयोजक भारत सहित नेपाल, वङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, मालदिभ्स, ओमान, भुटान, श्रीलंका गरि आठ राष्ट्रहरुका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
वैठकमा एशियाली ह्याण्डव महासंघका कार्यकारी निर्देशक सहित अन्य उच्च पदस्थ प्रतिनिधीहरु समेतको सहभागिता हुनेछ । वैठकले ह्याण्डवल खेल विकासका लागि नयाा कार्यक्रमहरुको योजनाहरु समेत तर्जुमा गर्नेछ । यस अघि उक्त वैठक काठमाडौमा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]