10 years ago
January 18, 2016
भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् ।
भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले संयुक्त रुपमा कास्य जिते ।
पानीपोखरी स्थित भानुभक्त स्कुलको स्वर्ण जयन्तीको अवसरमा संचालन भएको ब्वाईज यु–१४ तर्फ उपेनले अक्सिडेन्टलका सुमित गेलाललाई फाईनलमा ११–५,११–७,८–११ र ११–७ ले हराए । सोहि समूहमा अक्सिडेन्टलका बरादन खनाल र आईडल मोडलका सुजन राई सयुक्त रुपमा तेश्रो भए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]