10 years ago
August 25, 2015
भदौ ८ गते, ललितपुर
ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् ।
कृष्णमान महर्जनले पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको खेलमा गोपाल महर्जनलाई पराजित गरी ६०००। नगद प्राप्त गरे । त्यस्तै सञ्जय महर्जनले पााचौ चरणको खेलमा बाबुराजा महर्जन द्य लाई हराई दोस्रो स्थानमा ४ अंक प्राप्त गरेका सञ्जयले ४०००। नगद हात पारे भने समान ४ अंक नै भए पनि बाबुराजा महर्जन तस्रो भए । उनले २०००। नगद हात पारे ।
ज्यापु समाज यल खेलकुद उप समितिका संयोजक विजय महर्जनको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले विजेता खेलाडीहरुलाई पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]