10 years ago
January 28, 2016
काठमाडौं, माघ १४ खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा ‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितालाई कलर्स मोबाइलले मुख्य तथा टाटासुमो गोल्डले पावर वाईको भुमिकामा साथ दिएको छ ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका ए डिभिजनका पाँच, भारत र भुटानको एक–एक तथा आयोजकको एक टिम गरी कुल आठ टोलीले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी गराए ।
प्रतियोगितको विजेताले तीन लाख तथा उपविजेताले १लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्सर र मिडफिल्डरले जनही १०–१० हजार रुपैया प्राप्त गर्नेछन् । भने हरेक खेलमा म्यान अफ दि म्याच हुनेले एक–एक थान कलर्स मोबाइल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि कुल ४० लाख खर्च हुने अनुमान गरिएको छ । मुख्य प्रायोजन वापत कलर्स मोबाइलले चार लाख नगद र करिव सात लाख बराबरको खेल सामग्री उपलब्ध गराउने कलर्सका मार्केटिङ म्यानेजर रामजंग थापाले जानकारी गराए । यस्तै१ लाख ५० हजार नगद तथा छ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने टाटा सुमो गोल्डका म्यानेजर प्रविन खतिवडाले जानकारी गराए ।
प्रतियोगिताको लागि अहिलेसम्म ५ क्लबले पक्का गरिसकेको र थ्रीस्टार र मनाङ–मस्र्याङ्दीको हकमा उनीहरुको आन्तरिक कारणले निर्णय गर्न बाँकी रहेको र उनीहरुको सहभागिता नरहे ए डिभिजनकै अर्काे क्लबले रिप्लेस गर्ने क्लबका अध्यक्ष खड्कीले बताए ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा हुने प्रतियोगिता फागुन १ देखि ८ गतेसम्म हेटौडाको वनविज्ञानको अध्ययन सस्थानको खेल मैदानमा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]