default_image

10 years ago

August 26, 2015

सेमिफाइनल अघि कस्ले के भने

209 views

0 Bookmark

भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने ।

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान)

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै उनिहरुको स्ट्राटेजि ब्रेक गर्नु पर्छ । साथै टिमले समुहचरणमा गरेको गल्तीलाई सच्याएर मैदानमा उत्रनु पर्ने छ । हामिले सुरुवाती दुई खेलमा बल पोसेसन राख्न सकेनौं जसलाई तोड्नु जरुरी छ । हाम्रा सबै खेलाडिहरु फिट छन् सोहि अनुसारको प्रदर्शनको अपेक्षा छ । हामिले सेमिफाइनलको मौसमलाई ख्याल गर्दै मध्ये दिउंसो ट्ेरनिङ गरेका छौं । यसर्थ पनि हाम्रा खेलाडिले राम्रो गर्नेमा म विश्वस्त छु ।

सायद राजव साह मासोमी (अफगानिस्तान साहायक प्रशिक्षक)

हामिले नेपाल विरुद्ध याट्याकिङ मुभहरु बढि भन्दा बढि सिर्जना गर्न जरुरी छ । नेपाललाई घरेलु मैदान र घरेलु समर्थकको साथ छ । साथै मौसमपनि सोचेअनुरुप नहुन सक्छ । यसर्थ नेपाल विरुद्ध हामिले जतिसक्यो धेरै याट्याक गर्न सक्नु पर्छ । हामिले समुहचरणमा पहिलो रोजाईको गोलरक्षक गुमाएपनि दोस्रो गोलरक्षक पनि उत्तिकै राम्रो भएकाले समस्या हुन्छ जस्तो मलाई लाग्दैन् । यसर्थ हामि नेपाललाई हराउने लक्ष्यका साथमानै मैदानमा हुने छौं ।

दोस्रो सेमिफाइनल (भारत विरुद्ध बंगलादेश)

सेइफुल बारी टीटु (प्रशिक्षक बंगलादेश)

सेइफुल बारी टीटु (प्रशिक्षक बंगलादेश)

सेइफुल बारी टीटु (प्रशिक्षक बंगलादेश)

भारत सन्तुलित टिम हो । उनिहरु विरुद्ध मैदानमा उत्रंदा हामिले धेरै कुरामा विचार पुर्‍याउनु पर्ने हुन्छ । उनिहरुका जुनसुकै खेलाडिहरु गोल गर्न सक्ने क्षमता राख्छन् यसर्थ भारत विरुद्ध हामिले आफ्नो रणनीती बलियो बनाउन जरुरी छ । हामिलाई डिफेन्समा केहि समस्या छ तर भारत विरुद्ध राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु । नेपाल विरुद्ध हामि जितका हकदार थियौं तर भाग्यवश पराजित भयौं यद्धपि भारत विरुद्ध राम्रो प्रदर्शन गर्दै फाइनल पुग्ने ध्याउन हुने छ।

सायद सविर पसा (भारतीय प्रशिक्षक)

सायद सविर पसा (भारतीय प्रशिक्षक)

सायद सविर पसा (भारतीय प्रशिक्षक)

बंगलादेश राम्रो टिम छ उनिहरुको टिममा लगाव राम्रो छ । उनिहरुले आफ्नो क्षमता नेपाल विरुद्ध पनि देखाइसकेकाले कम आंकलन गर्नु भुल हुने छ । उनिहरुले नेपाल भन्दा राम्रो बल पोसेसन राख्दै सुन्दर मौकाहरु सिर्जना गरेका थिए । यसर्थ भारत विरुद्ध पनि उनिहरुले सोहि प्रदर्शन दोह्याउन सक्ने भएकाले हामि चनाखो हुनु पर्ने छ । यद्धपि उनिहरु विरुद्ध हामि आफ्नो खेल पस्कन्छौं टिम खेल खेल्दै उनिहरु विरुद्ध मैदानमा उत्रंदा नतिजा आफु अनुकुल आउनेमा म विश्वस्त छु।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.