default_image

10 years ago

February 22, 2016

बैदेशिक रोजगारले धान्दै गाउँका फुटबल प्रतियोगिताहरु

155 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर

हिउद लागे संगै पाँचथरको गाउँ गाउँमा फुटबल खेल आयोजना सुरु हुन थालेका छन । स्थानिय स्तरमा खुलेका विभिन्न क्लबहरुले फुटबल खेल आयोजना गर्ने गरेका छन । गाउँघरमा लाग्ने मेलाबजारको मुख्य आर्कषण नै फुटबल खेल हुने गरेको छ । स्थानिय क्लबहरुले आयोजना गर्ने यस्ता खेलको पुरस्कार पनि निकै आर्कषक हुने गरेको छ । गाउँ गाउँमा आयोजना हुने यस्ता फुटबल खेलको पुुुरस्कार एक लाख सम्मका हुने गरेको छ । पचास हजार सम्मका खेलहरु त अनगिन्ती रुपमा हुने गरेका छन । स्थानिय स्तरमा हुने गरेका खेलहरु भए पनि निकै नाम चलेका खेलाडिहरु पनि आउने हुदा ति खेलहरु निकै चर्चा हुने गरेका छन ।

Paanchthar Football

हिउद लागे संगै गाउँका स्थानिय क्लबहरु लाई फुटबल खेल्न भ्याइ नभ्याइ हुने गरेको सदरमुकामबाट दक्षिणमा पर्ने सराङ डाडा गा.वि.समा रहेको आरोहण क्लबका सचिब सुर्य आङदेम्बे बताउनु हुन्छ । यस्ता खेलहरुले स्थानिय खेलाडि उत्पादनमा सहयोग गर्ने गरेको स्थानिय आयोजकहरु बताउछन । वर्ष भरी असङख्यरुपमा यस्ता खेलहरु आयोजना भए पनि स्थानिय क्लबहरु खेल सञ्चालन गर्न समस्या रहदै आएको छ । स्थानिय क्लबहरुको दिगो आर्थिक श्रोतनभएको हुदा खेललाई टिकाइ राख्न समस्या रहदै आएको छ । खेलको खर्च कसरी धान्दै आउनु भएको छ भन्ने प्रश्नमा स्थानिय स्तरमा चन्दा उठाएर बैदेशिक रोजगारमा गएका ब्यक्तिहरुलाई सहयोग मागेर खेल सञ्चालन गर्नु परेको आयोजकहरु बताउछन ।

स्थानिय स्तरमामात्र होइन । जिल्लामा हुने गरेको जिल्लाकै ठुलो फाल्गुनन्द गोल्डकपमा पनि पहिलो र दोश्रो पुरस्कार बिदेशमा बस्ने पाँचथरे युुवाहरुले पठाउने गरेकाछन । स्थानिय स्तरमा सञ्चालन हुने यस्ता फुटबलहरुले नेपाली फुटबलमा धेरै नै सहयोग गरे पनि वर्षै पिच्छे आयोजना गर्न समस्या हुने गरेको आयोजकहरु बताउछन । अरुको भरमा खेल आयोजना गर्नु पर्ने भएकाले कुनै कुनै वर्ष खेल रोक्नु परेको आरोहण क्लबका सचिब आङदेम्बे बताउनु हुन्छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.