10 years ago
February 23, 2016
काठमाडौं, फागुन ११
पद्मोदय युवा क्लब चितवनको आयोजनामा पद्मोदय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

क्लबले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता फागुन २३ गतेबाट २६ गतेसम्म पदम पोखरी चितवनमा हुने भएको हो ।
प्रतियोगितामा नेपालका तीन विभागीय टिम नेपाल आर्मी, एपिएफ रनेपाल प्रहरीको टिमसहित भारतको बीएमडब्लु र स्ट्रेट, बंगलादेशको टाइटन क्लब र भुटानको टिमले प्रतियोगितामा सहभागिता जनाउनेछ ।
प्रतियोगिताको विजेताले नगद १लाख ५०हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगिताको लागि करिव २६ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खर्च रकम टिकट र स्थानीय प्रायोजकबाट पुरा गरिने आयोजकले जनाएको छ ।
क्लबले यसअघि गतवर्ष ‘पद्मोदय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सफल आयोजना गरेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]