default_image

10 years ago

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

159 views

0 Bookmark

धनगढी, चैत ५
सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ ।
धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो ।

dckl

अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल ढिलो सुरु भएपछि १६ ओभरमा घटाईएको खेलमा सन्तोषी टोलले दिएको १३२ रनको लक्ष्य अत्तरियाले १२.३ ओभरमादुई विकेट गुमाएर भेट्टायो । अत्तरियाको जितमा ज्ञानेन्द्र कुवँरले अविजित ६१ रनको पारी खेले । त्यस्तै मेहबुव आलमले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४० रनको पारी खेलेर टिमलाई सहज जित दिलाए । सन्तोषी टोलका महेश अधिकारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको सन्तोषी टोलले २ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि ओपनर ब्याट्सम्यान विजय रानाले ५५ रनको इनिङ खेले । अमित साहुले ३२ रन तथा युवराज थापाले १३ रन जोडे । अत्तरियाका मेहबुब आलमले १ विकेट लिए ।

 

यस्तै शुक्रबारै भएको अर्काे खेलमा क्याम्पसरोडले चौराहामाथि माथि ५ रनको रोमाञ्चक जित निकाल्यो । १०८ रनको लक्ष्य पछ्याएको चौराहाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २ रन मात्र बनाउँन सक्यो । चौराहाका योगेन्द्र सिंह कार्कीले ३६ तथा दिपेश चन्दले १९ रन बनाए । चन्द्र सावँद, सन्तोष भट्ट, ललित सिंह भण्डारी तथा शिबराज ऐरले समान १ विकेट पाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्याम्पसरोडले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनायो । क्याम्पसरोडका लागि कप्तान रोमन बलमे ३६, ललित सिंह भण्डारीले १४, तथा चन्द्र सावँदले १३ रन बनाए । चौराहाका योगेन्द्र सिंह कार्कीले ३ विकेट लिए भने सोनु तामाङले २ विकेट लिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.