default_image

10 years ago

March 19, 2016

सम्मानको पैसा असहायलाई

174 views

0 Bookmark

काठमाडौं, चैत ६
अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् ।

kusal dai
उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ ललितपुरको भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालका बालबालिकाहरुका लागि खर्चिए । कुशलले ११ हजारबाट चामल, तेल, चिउरा, दालमोठ, बिस्कूट, अण्डालगायतका विभिन्न खाद्यान्न किनेर प्रतिष्ठानका अध्यक्ष विशाल टमाटामार्र्फत बालबालिकालाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रम बोल्दै १० औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता कुशलले असहाय बालबालिकालाई सबैखाले सहयोग गर्न तयार रहेको बताए । ‘म अहिलेसम्म खेलेरै बाँचेको छु । यि बालबालिका पनि खेलकुदबाटै आत्मनिर्भर बन्न सकुन भन्ने मेरो चाहना हो । त्यसका लागि प्रशिक्षणसँगै उनीहरुलाई कराँते खेल्दा लाग्ने खर्च म आफै जुटाउनेछु ।’– कुशलले भने । कुशलले चैत १५ गतेबाट यस नवीकरण प्रतिष्ठानका बालबालिकालाई प्रशिक्षण दिन सुरु गर्ने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै नवीकरण प्रतिष्ठान नेपालका अध्यक्ष विशाल टमाटाले कुशल श्रेष्ठ राम्रो खेलाडी मात्रै नभएर असल व्यक्तित्व समेत रहेको बताए । ‘उहाँले गरेको काम एकदम राम्रो लाग्यो । यस्ता मान्छे अझै नेपालमा धेरै भइदिए राम्रो हुन्थ्यो । उहाँले पहिलो चोटी यस्तो राम्रो काम गर्नुभयो । आजको दिन बच्चाहरु निकै खुसी भए । उनीहरुमा उत्साह छ ।’– टमाटाले भने । ललितपुर भैसेपाटीमा रहेको नवीकरण प्रतिष्ठान नेपालले विकट जिल्लाका २० असहाय बालबालिकालाई आश्रय दिदैँ आएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.