default_image

10 years ago

March 28, 2016

वैशाख १२ गते ‘टुर दि बारपाक’ हुने

164 views

0 Bookmark

काठमाडौ, चैत्र १५

रुपीनाला युवा समाज नेपालको आयोजनामा ‘टुर दि वारपाक’ क्रस कन्ट्री माउन्टेन वाइक साइक्लिङ हुने भएको छ । गत वैशाख १२ को विनाशकारी भुकम्पको केन्द्रविन्दु भएको स्थान बारपाकको भुकम्प पीडितको सहयोगार्थ ‘टुर दि वारपाक’ हुने आयोजकले पत्रकार सम्मेलनबाट जानकारी गराए ।

barpak
दुई चरणमा विभाजित साइक्लिङको समुह ‘ए’ वैशाख १० गते काठमाडौंबाट गोरखा जानेछन् । त्यसपछि समूह बीको टोलीसँग मिसिएर ११ गते गोरखाबाट भुकम्प केन्द्रविन्दु वारपाक प्रस्थान गर्नेछ । टुर दि वारपाक साइक्लिङमा करिव दुई सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा नेपालसहित अमेरिका, भारत, थाइल्याण्ड, बंगलादेश, इटाली, इंग्ल्याण्ड, अष्ट्रेलियालगायतका देशका राइडरहरुको सहभागिता रहनेछ ।

हामी पिडामा छौ , तर हारेका छैनौ । हाम्रो केही गुमेको छ , तर हामी आफैँ नयाँ निमार्ण गर्नेछौ भन्ने सन्देश हामी भूकम्पको केन्द्रविन्दू बारपाकबाट सम्पूर्ण विश्वलाई दिन चाहन्छौ आयोजक रुपीनाला युवा समाज नेपालका अध्यक्ष तुलाराम घलेले जनाए । उनले यो अभियानका लागि लागि करिव ३० लाख लागत लाग्ने बताए । अध्यक्ष घलेका अनुसार साइक्लिङको माध्यमबाट भुकम्प पीडितको लागि फन्ड उठाउने र बारपाक पुर्ननिर्माणका लागि सहयोग गर्ने जानकारी गराए । विश्वकै उत्कृष्ट राइडरहरु समेतलाई भूकम्पको केन्द्रविन्दूूमा लगेर नेपालको पर्यटन प्रवद्र्धन गर्न उद्देश्य समेत रहेको प्रचार संयोजक पासङ शेर्पाले जनाईन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.