10 years ago
April 12, 2016
काठमाडौं- जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालका लागि नेपाल स्की संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष रहेका श्रेष्ठ यसअघि पनि निर्विरोध निर्वाचित हुँदै आएका छन् ।
अन्य सबै पदमा निर्विरोध भयो । आइतबार एनओसी मुख्यालय सातदोबाटोमा १० सदस्यसीय कार्यसमिति चयन भएको छ । राजुबाबु श्रेष्ठ, ईश्वरी पौडेल उपाध्यक्षमा चयन भए । त्यसैगरि महासचिवमा विजय श्रेष्ठ निर्विरोध निर्वाचित भए भने सचिवमा बसन्त राज कार्की, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भए ।
सदस्यहरुमा शान्ता माया परियार, यामबहादुर बम, रामप्रसाद गुरुङ, रामप्रसाद गुरुङ, अर्जुन महर्जन निर्वाचित भए । त्यसैगरि आइतबार नै कार्यसमितिले तीन जना उपाध्यक्ष मनोनयन गरेको छ । यसरी मनोनित हुने उपाध्यक्षहरुमा राजा शाक्य, शम्भु लामा, माधव आर्याल छन् ।
त्यसैगरि साधारणसभाले संघको बजेटसमेत पास गरेको थियो । भने पत्येक बर्ष राष्ट्रिय स्की च्याम्पियनसिप गर्दै जाने निर्णय समेत गरेको छ । त्यसैगरि ककनीमा बनाउने भनिएको ग्रास स्की रिसोर्टलाई अगाडी बढाउने विषयमा समेत निर्णय भएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]