default_image

10 years ago

April 14, 2016

गुजरातलाई लगातार दोस्रो सफलता,धोनीको टोली पराजित

158 views

0 Bookmark

राजकोट (भारत) वैशाख ३ गुजरात लायन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रा ति हासिल गरेको छ । गुजरातले बिहीबार राती राइजिड् पुने सुपरजाइन्टलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थामा उक्लेको हो ।

गुजराजका ब्रेन्डन म्याकलम र आरोन फिन्च ।

गुजराजका ब्रेन्डन म्याकलम र आरोन फिन्च ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको गुजराजका लागि ओपनरद्धय आरोन फिन्च र ब्रान्ड म्याकलमले पहिलो विकेटका लागि ८.३ ओभरमा ८५ रनको साझेदारी गर्दै जितको बलियो आधार तयार पारेका थिए । गुजरातले १८ ओभरमा ३ विकेट गुमाएर आवश्यक १ सय ६४ रन जोडेको थियो ।
फिन्चले अर्धशतक पुरा गरे भने म्याकलम अर्धशतक बनाउनबाट १ रनले चुके । ३६ बल खेलेका म्यान अफ दी म्याच फिन्चले ७ चौका र २ छक्का प्रहार गरे । म्याकलमले ३१ बलमा समान ३ चौका र छक्का प्रहार गरे । कप्तान सुरेश रैनाले २४ बलमा त्यत्तिनै रन बनाए । ड्वान ब्राभोले १० बलमा अविजित २२ र रविन्द्र जडेजाले अविजित ४ रन जोडे । पुनेका मुरुगान आश्विनले २ तथा इशान्त शर्माले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिड् गरेको पुनले फाफ डु प्लिसिसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । ओपनर डु प्लिसिसले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर अजिन्के रहानेले २१ रन बनाए भने केभिन पिर्टसनले ३७ रन बटुले । कप्तान महेन्द्र सिंह धोनी १० बलमा २ चौका र १ छक्का साथ २२ रनमा अविजित रहे । गुजराजका प्रविण ताम्बे र रविन्द्र जडेजाले समान २ विकेट र बाभ्रोले १ विकेट लिए ।
गुजराजको ४ अंक पुगेको छ भने पुने , रोयल च्यालेन्जर्स बैंगलोर, गुजरात लायन्स, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्सको समान २ अंक छ । किड्स ११ पन्जाब, दिल्ली डेरडेभिल्स र सनराइजर्स हैदराबादले खाता खोल्न बाँकी छ । आइपिएलमा शुक्रबार दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.