10 years ago
May 31, 2016
काठमाडौं –
ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता, पूर्व खेलाडी र प्रशिक्षकहरुलाई एकै थलोमा मंगबार सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन ।
आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए । त्यस्तै ११ औंका क्रमशः स्वर्ण र रजत विजेता विनोद शाक्य र विनोद महर्जन तथा १० औंकी रजत विजेता अमृता शाक्यलाई पनि सम्मान गरियो । दोहोरो स्वर्ण विजेतालाई २० हजार, स्वर्णलाई १० हजार र रजतलाई ५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा ललितपुरकै पूर्व खेलाडी तथा प्रशिक्षकहरु महेश जोशी, पुरेन्द्रविक्रम लाखे, गोपाल महर्जन, निवासगोपाल वैद्य, हीरासिंह डंगोल, मनोज न्याछ्यों, मीनकृष्ण महर्जन, नारायणदेव राणा तथा दिलेन्द्रगोविन्द वैद्य पनि सम्मानित भए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको बताउदै युवाहरुलाई कुलतबाट टाढा राख्न खेलकुद एक उपयुक्त माध्यम भएको धारणा व्यक्त गरे।
देउवाले खेलकुदलाई छुटाएको बजेट कुल बजेटको एक प्रतिशत नहुनुले सरकारले खेलकुदलाई बेवास्ता गरेको बताउदै यस विषयमा आफूले सरकारको ध्यानाकर्षण गराउने बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]