9 years ago
June 23, 2016
नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो ।
सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र मुकुन्द श्रेष्ठ ट्रयाकमा दौडेका थिए । टोलीको नेतृत्व गरेका केसीले ओलम्पिक गेम्स सूचक ओलम्पिक टर्च बोकेका थिए । उक्त टर्च केसीले कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लगत्तै सो टर्च श्रेष्ठले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए भने गायक सत्यराज आचार्य र कुन्ती मोक्तानले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले ओलम्पियनहरु राष्ट्रको गौरव भएकाले उनीहरुलाई सम्मान गर्नु पर्ने बताउदै खेलकुद र खेलाडी विरोधी विरुद्ध सबै एकजुट भएर लड्नु पर्ने आवश्यकता औल्याए ।
एनओसी अध्यक्ष श्रेष्ठले ओलम्पिकको मूल्य र मान्यतालाई सबै माझ पु¥याउन सके खेलकुदको गरिमा अझ बढ्ने बताउदै ओलम्पिक डे सम्पूर्ण खेलाडीहरुको उत्सव भएको धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले खेलकुदको माध्यमबाट भातृत्वको विकास, देशको प्रगति र समाजमा शान्ति स्थापन गर्न चाहेको बताउदै सबैको समर्पणको भावनाले नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याउन खोजि रहेको बताए ।
कमिसनका अध्यक्ष श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पाले ओलम्पिकको सुरुआत र महात्वका बारेमा चर्चा गरेका थिए । साथै कमिसनका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस व्याचको सन्देश वाचन गरेर सुनाएका थिए ।
ओलम्पिक डेमा साताव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा यस पटक विभिन्न राष्ट्रिय खेलकुद संघ र विभिन्न संस्थाले खेलकुदलगायत विभिन्न ५७ कार्यक्रम आयोजना गरेका थिए । ओलम्पिक डेलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिलाई सो अवसरमा सम्मान पनि गरिएको थियो । जुन २३ का दिनका विभिन्न राष्ट्रमा ओलम्पिक डे मनाउने प्रचलन रहि आएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]