9 years ago
July 9, 2016
लन्डन (एजेन्सी)– विश्व नम्बर एक सेरेना विलियम्सले चौथो वरियताकी जर्मन एन्जेलिकी केरबेरलाई हराउँदै सातौं पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । सेरेनाको त्यो २२ औं ग्रान्डस्लाम उपाधि हो । ३४ बर्षे सेरेनाले सेन्टर कोर्टमा केरबेरलाई ७–५,६–३ को सोझो सेटमा हराउँदै महत्वपूर्ण प्रतियोगितामा स्टेफि ग्राफका कीर्तिमान उपाधिसँग बराबरी गरेकी हुन् ।
सेरेनालाई जनवरीमा अस्टे«लियन ओपनको फाइनलमा स्तब्ध बनाएकी केरबेरले यसपटक त्यो नतिजालाई दोहोराउन सकिनन् । सेरेना यसअघि फ्रेन्च ओपनको फाइनलमा पनि पराजित भएकी थिइन् ।
१४ बर्षअघि पहिलो पटक विम्बल्डन जितेकी सेरेनाले सातौं पटक उपाधि जित्दा एउटा मात्र सेट गुमाएकी थिइन् । उनले यसअघि सन् २०००,२००२,२००८,२००९,२०१२,२०१५ मा विम्बल्डन जितेकी थिइन् । अस्ट्रेलियन ओपन र युएस ओपन समान ६ पटक जितेकी सरेनाले तीन पटक फ्रेन्च ओपन उपाधि उचालेकी छिन् । उनले २२ औ उपाधि जितेपछि भनिन्,‘यो उपाधि नजित्ने विषयमा सोच्दा पनि कठिन हुन्थ्यो । यसको लागि मैले धेरै मेहनत गरेको छु ।’ अस्ट्रेलियन मार्गारेट कोर्टले सेरेना र ग्राफभन्दा बढी २४ ग्रान्डस्लाम जितेकी छिन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]