default_image

9 years ago

August 31, 2016

राखेपको वार्षिकोत्सवमा खेलकुद कर्मचारी र पत्रकार सम्मानित

271 views

0 Bookmark

काठमाडौं, भदौ १५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा ६ कर्मचारी र त्यत्तिनै संख्यामा विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ ।

Feliciated Journalists

प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भए । कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार नगदसहित सम्मान पत्र प्राप्त गरे ।

प्राविधिकको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका भलिबल सहायक प्रशिक्षक जगदीशप्रसाद भट्ट, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट बााके जिल्ला खेलकुद विकास समितिका जुडो प्रशिक्षक दलबहादुर गुरुङ तथा परिषद् सेवा पुरस्कारबाट उदयपुर जिल्ला खेलकुद विकास समितिकी कबड्डी सहायक प्रशिक्षक पार्वती राई पुरस्कृत भए । उनीहरुले पनि प्रशासनतर्फ सरहनै पुरस्कार र सम्मान पत्र पाए ।

सम्मानित हुने खेल पत्रकारहरुमा अन्नपूर्ण दैनिकका रोशनकुमार सिंह (राउत), नयाा पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय, कान्तिपुर दैनिकका विनोद पाण्डे, द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्तसिंह क्षेत्री, नागरिक दैनिकका प्रकाश तिमल्सिना तथा कान्तिपुर टेलिभिजनका प्रदीप लेखी रहेका छन् ।

Feliciated Employees

सोही अवसरमा परिषद्मा २५ वर्ष सेवा पूरा गरेको ११ कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । त्यस्तै २० वर्ष सेवा अवधि पार गरेका १ सय ३६ जनालाई परिषद् सेवा पदकबाट विभूषित गरियो । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेप सदस्य–सचिव केशकुमार विष्ट, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताउदै काम गर्ने कर्मचारीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने नीतिलाई संगसंगै लिएर अगाडि बढ्ने धारणा राखे । सदस्य–सचिव विष्टले अहिले आफ्नो अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउदै यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।

राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा यो वर्ष कर्मचारी/पत्रकारलाई पुरस्कृत गर्नुका साथै दीपावली, रक्तदानलगायतका तीनदिने कार्यक्रम आयोजना गरी मनाएको थियो । वार्षिकोत्सवकै अवसरमा ७५ जिल्ला तथा ५ विकास क्षेत्रका खेलकुद कार्यालयमा विविध कार्यक्रम भएका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.