9 years ago
September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राइजिङ स्टारले बुधबार यू १५ बेस बल प्रतियोगिताको उपाधि जितेको छ । राइजिङले बुधबार भएको फाइनलमा गोर्खाज ए ३ रनले लाई पराजित गर्दै उपाधि जितेको हो । ५ इनिङ खेलाउने भनिए पनि बर्षाका कारणले २ इनिङमात्र खेलाएको आयोजक दी गोर्खाज क्रयू क्लब बेसबलका अध्यक्ष दीनेश बजगाईले जानकारी दिए ।

विजेता र उपविजेता टोलीका खेलाडीलाई अन्तराष्ट्रिय बेसबल अमेरिकाका अध्यक्ष जोन डिल्मोर र आयोजक क्लबका अध्यक्ष बजगाईले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
प्रतियोगिता आयोजनाले खेलाडीहरुमा उत्साह बढेको बजाईले बताए । बजगाईले १८ महिना अघिबाट भूकम्प पीडित बालालिकालाई जम्मा गरेर निरन्तर प्रशिक्षण दिदै आइरहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]