default_image

10 years ago

September 8, 2015

ढोरपाटन भलिबलका उत्कृष्टलाई महेन्द्रको चार स्कुटर

229 views

0 Bookmark

काठमाडौं, भदौं २२ गते

ढोरपाटन व्लु स्काई कप डबल महिला लिग भलिबलको ११औं संस्करण पुस ४ देखी १८ गते सम्म हुने भएको छ । नयाा वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो ।

dhorpatan volleyball
ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक महिन्द्राको चार स्कुटर खेलाडीले पुरस्कार रुपमा प्रदान गर्ने बताएका छन् । महिला डबल लिग भलिबलको ११औं संस्करणमा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र प्लेयर अफ द सिरिजलाई महिन्द्राको स्कुटर पुरस्कार दिइने कम्पनीका रिजनल सेल्स मेनेजर सुरेश रायमाझीले बताए ।

हिमरश्मी हाईस्कुल मनमैजुको सहप्रायोजनमा संचालन हुने प्रतियोगिताको पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले ढोरपाटन भलिबलले नेपाली भलिबल विकासमा योगदान पुर्‍याउादै आएको बताउनु भयो । प्रतियोगिताका सम्पन्न गर्नका लागि बिभिन्न १९ समिति गठन गरिएको छ । जसमा प्याराफिटमा किरण घायल, प्रचार प्रसारमा देवेन्द्र घर्ति,ब्यानर ब्यवस्थापनमा होम खड्का,पुरस्कारमा जुनु पुन,रेफ्रिमा कुलबहादुर गुरुङ,ग्राउण्डमा कोपीला पुनलगायतका छन् ।

११औं संस्करणको विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार, तेस्रोले ७० हजार र चौथोले ४० हजार रुपैयाा, पााचौले ३० हजार, छैठौंले २० हजार र सातौं स्थानमा रहने टोलीले १० हजार प्राप्त गरिने बताइएको छ । ११औं संस्करण एपिएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, ढोरपाटन स्पोर्टस प्रशिक्षण, नेपाल छन्त्याल संघ, नेपाल कलाकार टिम काठमाडौं, एन्जल्स हर्ट उच्च मावि काठमाडौं, विन्ध्यावासिनी हाइस्कुल टोखा र होटल व्यवसायी टिमले खेल्ने पक्का भैसकेको छ ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ हजार पाउनेछन । यसैगरी प्रशिक्षक र व्यावस्थापकलाई जनही ५ हजार प्रदान गरिनेछ । नयाा वस पार्कमा हुने प्रतियोगिता हेर्नको लागी पहिलो चरणमा प्रतिव्यक्ति १ सय रुपैयाा र दोस्रो चरणको फाइनल हेर्न २ सय ४० रुपैयाा पर्ने टिकट विक्री गर्ने बताइएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.