default_image

9 years ago

October 25, 2016

तेक्वान्दो संघबाट डब्लुटीएका अध्यक्ष चो सम्मानित

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले चोलाई सम्मान गरेको जनाएको छ ।

1-11
चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीइपाली, सिचाईं मन्त्री दीपक गिरी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संयुक्त रुपमा अभिनन्दन गरे ।
चोले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण गर्दै भने– ‘म आठ महिना अगाडि नेपालको विभिन्न स्थानका भूकम्प पीडितलाई राहत वितरण गर्न पहिलो पटक नेपाल आएको थिए । मेरो यो दोश्रो नेपाल भ्रमण हो । तर अन्तिम भने होइन ।’
उनले नेपाली तेक्वान्दो खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताउदै नेपाल बलियो रहेको पारा तेक्वान्दो टोकियो ओलम्पिकमा समावेश हुने बताए । चोले तेक्वान्दो कोरियाबाट सुरु भएपनि २ सय ६ राष्ट्रमा तेक्वान्दो फैलि सकेको बताउदै तेक्वान्दोले युवाहरुलाई आशा र सपना बुन्न सहयोग गर्ने बताए । चोले ओलम्पिकमा नेपालले कुनै दिन पदक जित्ने विश्वास व्यक्त गर्दै नेपाली तेक्वान्दोको विकासमा डब्लुटीएले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुद मन्त्री श्रीपालीले डब्लुटीए अध्यक्षलाई आफ्नो हातबाट सम्मान गर्न पाउनु शुभअवसर भएको बताउदै चोको नेतृत्वमा आएको टोलीले नेपाली भूकम्प पीडितलाई गरेको सहयोगप्रति आभार प्रकट अवस्मरणीय कार्यको प्रशंसा गरे ।
पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा शनिबार भएको ग्लोबल कमन सोसाइटी इन्टरनेसनल नामक गैरसरकारी संस्थाको साधारणसभालगायतका कार्यक्रममा सहभागी भएका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.