10 years ago
September 12, 2015
गोल्डेनगेट इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटले लिभरपुल इन्टरनेसनल कलेजलाई ५४–४९ ले पराजित गर्यो । विजयी टिमका लागि खुखेन लामाले १८ अंक जोडे । उनी ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
मोर्गन इन्टरनेसनल कलेजले प्राइम कलेजलाई ४९–३१ ले हराउदै तेश्रो भयो । मोर्गनका डेन्जु गुरुङले १५ स्कोर गरे । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार जिते ।
प्रतियोगिता अवधिभर १ सय ९ स्कोर गरेका लिभरपुलका आशिष बस्नेत सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले पुरस्कार प्रदान गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगितामा १६ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]