9 years ago
November 16, 2016
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले पहिलो हाफको अग्रतालाई जोगान नसक्दा स्पेनसँगको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ ।

गएराती वेम्बली रंगशालमा खेल नियन्त्रणमा राखेपनि स्पेन जित निकाल्न असफल रह्यो । एडम लालनको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिउको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जेमी भार्डीले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो । तर, त्यो अग्रता अन्तिम सम्म जोगाउन सकेन ।
खेलको ८९ औं मिनेटमा स्पेनका लागो असपासले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल फर्काए । इन्जुरी समयको छैटौं मिनेटमा मा इस्कोले गोल फर्काउदै टोलीको हार टारेका थिए ।
अन्य खेलहरु
अन्य खेलहरु
अन्य खेलमा इटाली र जर्मनी गोल रहित बराबरी खेले भने फ्रान्सले पनि आइभरी कोस्ट सङ गोल गर्न नसक्दै बराबरी खेल्यो । क्रोसियाले नर्दर्न आयरल्याण्डलाई ३-० ले जित्यो भने रुसले रोमानिया बिरुद्ध १-० को जित हात पार्यो । स्विडेनले हंगरी सँग २-० को जित हात पार्यो भने युकरेनले सर्बिया सँग २-० को जित हात पार्यो ।
नतिजाहरु
इङ्ल्याण्ड २-२ स्पेन्
फ्रान्स ०-० आइभरी कोस्ट्
इटाली ०-० जर्मनि
नर्दर्न आयरल्यान्ड ०-३ क्रोसिया
रुस १-० रोमानिया
माल्टा २-० आइसल्याण्ड्
हंगेरी ०-२ स्विडेन्
युकरेन २-० सर्बिया
चेक रिपबलिक १-१ डेन्मार्क्
अस्टृया ०-० स्लोभाकिया
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]