default_image

9 years ago

November 29, 2016

बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको सदस्यमा निर्वाचित

157 views

0 Bookmark


purna-shing
काठमाडौं (हाम्रो खेलकुद) – विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण सिंह बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । चाईनाको जियामेन सहरमा नोभेम्बर २० देखि २२ सम्म आयोजित महासंघको नवौं साधारण सभाबाट उनी सदस्यमा निर्वाचित भएका हुन् ।

चार सदस्यको लागि भएको निर्वाचनमा १० जनाको उम्मेदवारी परेको थियो । ३२ राष्ट्रका मतदाता रहेकोमा बोहराले १९ मत प्राप्त गरेका थिए । कार्यकारी सदस्यको लागि दक्षिण एसियाबाट परेको एकमात्र उम्मेदवारीमा निर्वाचित हुन सफल भएको महासचिव बोहराले बताए । बोहराले यो सफलतालाई व्यक्तिगत सफलताका हिसाबले मात्र नभइ नेपाल प्रति अन्य राष्ट्रको सकारात्मक धारणा रहेको प्रष्ट भएको बताएका छन् । उनले एसियन युनिभर्सिटी स्पोर्टस महासंघको सदस्य रहँदा नेपालको विश्वविद्यालय खेलकुद संघमार्फत नेपाली खेलकुद विकासका लागि थप प्रयास गर्ने विश्वास दिलाए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.